हो, मैले तिमीलाई नचाहेकै हुँ…

ती काहली लाग्दा

ठन्डा रातहरुमा

तिम्रो श्वासबिना

बाचेकै थेँ

 

खबरबिहिन भएर

एक्लो संसारमा

सहाराबिना

पाइला चालेकै थेँ

 

भो अब प्रेम अनी

युगौ युग बाँच्ने

कोरा सपनादेख्नु छैनमलाइ

म आज बाँच्ने मान्छे

मलाई आजै मर्न देउ

 

तिम्रा सपनाले मलाई

तड्पिन र रुन मात्र सिकाए

म कहीलै हास्न सकिन

किनकी

तिमिले सपना घोकाएर

मेरो खुशी बिर्साइ दियौ

 

थाहा छ, माफ दिनेछैनौ

तर तिम्रा सपना

मेरा लागि तगारो

अब बन्ने छैन

किनकी

हो, मैले तिमीलाई नचाहेकै हुँ…

 

-महासागर

  1. टिप्पणी छोड्नुहोस्

अब तपाईंको कुरा