गजल

मैले तिमीलाई सम्झेर घाटा भो भन्दिन
अनि तिमीलाई पाएर नाफा भो भन्दिन।

हिसाब लामो छ तर एकमुष्ठमा छोटो भो
घाऊ जोडीएर एउटै खाटा भो भन्दिन।

बर्षात र हिउँदबाट दुबैको मुटु बचाउन
तिम्रो साथले दु:ख पाउने बाटा भो भन्दिन।

– महासागर

टिप्पणी छोड्नुहोस्

गजल

कस्ले गर्छ र प्रेम यहाँ, गुमाउन भनि?
कस्ले गाँस्छ र सम्बन्ध, तुहाउन भनि?

तिम्रो र मेरो रहर एउटै भएर पनि
कस्ले मास्छ र बिउ, फलाउन भनि?

आँसु-खुसी बिच पनि केही साल गुज्रिए
कस्ले बनाउँछ र घाउ, पछि चलाउन भनि?
– महासागर

टिप्पणी छोड्नुहोस्

….. तेरो र मेरो, बिचारै मिल्दैन।

भन्छन् यहाँ,
तेरो र मेरो
पार्टि नमिल्ने
नेता नमिल्ने
अनि
बिचारै नमिल्ने।

त्यसैले,
म तँलाई घृणा गर्छु।

मेरो नजिक नपर।

तेरो घरका मान्छे
रोगले छट्पटाए’नि
त्यो कार्पेस बोक्नुछैन।

घरमा नुन खाँचै भए’नि
तँसँग अैंचोपैँचो गर्नुछैन।

तेरो लाश नउठे’नि
तेरो मलाम जानुछैन।

तेरो बारि बाँझै भए’नि
तेरो मेलापात भर्नुछैन

र,
तेरि छोरि र मेरो छोरो बिच
प्रेम बसे’नि
बिहे त हुनै सक्दैन।

किनकी
तेरो र मेरो
बिचारै मिल्दैन।

– महासागर

टिप्पणी छोड्नुहोस्

गजल

कहाँ छ र याद? मायाको मुल सुकेपछि
कहाँ छ र दिन? सखारै घाम डुबेपछी ।

हेर्न हुन्न जुन, पोल्छ मुटु चिसो शितले
कहाँ छ र घाउ? शरीर सबै मरेपछी।

आगो लाग्छ पानी तर पानी चाँही आगो
कहाँ छ र ताप? न्यानो माया जलेपछी।

-महासागर

टिप्पणी छोड्नुहोस्

हावा, पानी र कर्कलाको पात

झरी पर्दैछ
आँगन डिलैको
कर्कलाको पातमा
नाची रहेछ पानी
मन्द हावाको साथमा

चिल्लो पातमा
बग्ने पानीको जात
अनि
हावाको साथ
लडिबुडी खेल्छ
पानी
नराखी पदचाप

लाग्छ पानी र पात
एकआपसमा
नराखी कुनै
रिस-राग
खेल्ने र खेलाउने
गर्दैछन्

मन्द हावाले
दिँदैछ मिठो साथ

तर
छैन विश्वाश
हावाको साथ
बिच पानी र पात
छ, केबल साथ
नचले सम्म
ठुलो बतास
किनकी
त्यहाँ छ माया
तर
छैन विश्वाश।

-महासागर

4 टिप्पणीहरु

क्रान्ति निरन्तर चल्दैछ रे!

उनी सानी थीइन्
छ कक्षामा
पढ्दै थीइन्
कुनै रात
केही रातेहरू
ब्वाँसा जस्ता
घर भित्र छिरे
तिन्ले पिता कुटे
अनि
ती सानी लुटिन्छिन्
तर
माता-पिताको काखबाट
स्कुलको पाठबाट
सङ्गीको साथबाट

उनका पुस्तक फेरिए
दैनिकी फेरिए
आमाको काख छोडिए
सङ्गीका हात फेरिए
अनि
हातका कलम चोरिए
तर
त्यहाँ बन्दुकले सजिए

क्रान्ति सकियो
अनि बन्दुक बिसाइए
तर
भविस्य सकिएन
सपना बिश्राम गरेन
त्यो स्कुले दिन फर्केन
सानी अब सानी भइन
बस्
सानीकी आमा भइन्
फेरि पनि
कमाण्डर उस्तै छन्
मैदानमा वा महलमा
किनकी
क्रान्ति निरन्तर चल्दैछ रे!

-महासागर

टिप्पणी छोड्नुहोस्

एउटा कथा: बल्ल सुरु हुँदैछ …..

उ हेर त!
डोली आयो!
तिमीलाई लिन
मलाई रुवाउन
तर
दुनियाँ हँसाउन।

हो नि
हेर त!
कत्ति सुन्दर छ
त्यो झलमल डोली
डोली भित्र-बाहिर
सम्पन्नता, खानदान
संस्कार र परम्पराको
लेपन लगाइएको र’च

तिमीलाई कसरी
त्यो नसुहाउला र?
फेरि दुनियाँ पनि
गदगद हुँदैछ
अब बस् तिमीले
हुन्छ मात्र भन्न बाँकी भो
दुनियाँले ताली पिट्नेछ
बाजा बज्नेछन्
हर्शबढाँइ हुनेछ


यो कथाको अध्याय
समाप्त हुनेछ
तिम्रा लागि
तर मेरा लागि
बल्ल सुरु हुनेछ।

-महासागर

टिप्पणी छोड्नुहोस्

Follow

Get every new post delivered to your Inbox.

Join 3,014 other followers

%d bloggers like this: