Archive for डिसेम्बर, 2011

फूल, दु:ख र घाउ

फूलको रंग मेरा लागि फिक्का हुँदै गर्याछ
तिम्रो के छ? मेरो भागमा दु:ख पर्याछ

जुन छोप्ने बादल पनि आज यतै सर्दैछ
माली बनी टिप्न खोज्दा फूल त्यसै झर्याछ

गहिरो खतले मेरो जीवन अब थला पर्दैछ
हिजै बिसेक भए पनि घाउ सार्है चर्याछ

 

– महासागर 

१ टिप्पणी

कवीता

तिमीनै देखाइदेउ न त इश्वर त्यहाँ छ भनेर
नत्र मलाइ ढुंगा संग केहि लिनु-दिनु छैन।

तिमीनै डोर्याइदेउ न त पर क्षीतिज सम्म लगेर
नत्र मलाइ गन्तब्य पुग्न कहिलै हिड्नु छैन।

तिमीनै भुलाईदेउ न त पीडामा रुन हुन्न भनेर
नत्र मलाई जीवन् जिउन कहिलै हास्नु छैन।

तिमिनै खुलाईदेउ न त ढोका स्वर्ग हुन्छ भनेर
नत्र मलाइ नर्क वा पाप केहिमा विश्वाश छैन।

-महासागर

१ टिप्पणी

पर्खिरहनेछौ, फेरि म जलेको हेर्न…….

यो प्रेम जलाएर

पुसको ठन्डी

कटाउछौ भने

तिम्रा लागि

सयौ पल्ट

प्रेम गरिरहुँला

 

तर

एक दिन

याद राख्नेछौ

जुन दिन तिमी

क्षमा,आग्रह अनी पस्चाताप लिइ

मेरो ढोकामा उभिनेछौ

तर त्यस बेला

म फेरि प्रेम गर्नेछैन

 

त्यो ठन्डामा

तिमी पर्नेछौ

किनकी,म त

जलेर खरानी हुनेछु

जसलाई

त्यो चिसोको

परवाह हुने छैन

बस्

तिमी मात्र पर्खिरहनेछौ

फेरि म जलेको हेर्न………

 

– महासागर

2 टिप्पणीहरु

हो, मैले तिमीलाई नचाहेकै हुँ…

ती काहली लाग्दा

ठन्डा रातहरुमा

तिम्रो श्वासबिना

बाचेकै थेँ

 

खबरबिहिन भएर

एक्लो संसारमा

सहाराबिना

पाइला चालेकै थेँ

 

भो अब प्रेम अनी

युगौ युग बाँच्ने

कोरा सपनादेख्नु छैनमलाइ

म आज बाँच्ने मान्छे

मलाई आजै मर्न देउ

 

तिम्रा सपनाले मलाई

तड्पिन र रुन मात्र सिकाए

म कहीलै हास्न सकिन

किनकी

तिमिले सपना घोकाएर

मेरो खुशी बिर्साइ दियौ

 

थाहा छ, माफ दिनेछैनौ

तर तिम्रा सपना

मेरा लागि तगारो

अब बन्ने छैन

किनकी

हो, मैले तिमीलाई नचाहेकै हुँ…

 

-महासागर

टिप्पणी छोड्नुहोस्

……… तिम्रो तिर्खा मर्छ भने

आजभोली

मन,मुटु

अन्तै साट्न

पल्किएछौ

माया गर्छु

मलाई भन्दै

पराइ तिर

ढल्किएछौ।

 

 

मेरो बचन

तितो लाग्छ

तिमीलाई

आजकाल

म सँग

दु:ख देखाइ

दुनियाँ सँग

खुशी साट्न

पल्किएछौ।

 

 

मेरो भागमा

दु:ख पर्दा

तिम्रो सुख

बद्छ भने

पराइ सँग

हास्नु,खेल्नु

तिम्रो तिर्खा

मर्छ भने।

 

– महासागर 

टिप्पणी छोड्नुहोस्